Wednesday, August 12, 2026
Articles

काैशल्य गोत्रीय सिजापती भण्डारीका एक जिउँदो इतिहासको अन्त्य

गोपाल भण्डारी, काठमाडौँ । ताप्लेजुङका पूर्व जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन भएको छ । काैशल्य गोत्रीय सिजापती भण्डारीका अग्रज व्यक्तित्व भण्डारीको हिजो २०८३ साउन १७ गते आइतबार दिउँसो ३ बजेर ३६ मिनेट जाँदा ८९ वर्षको उमेरमा निधन भएको हो ।

जन्म

श्रीप्रसादका पिता राइटर मनप्रसाद भण्डारी क्षेत्रीका दुई श्रीमतीमध्ये जेठी श्रीमतीतर्फबाट ३ भाइ छोराहरु र १ छोरी तथा कान्छी श्रीमतीको तर्फबाट २ भाइ छोराहरु र ४ बहिनी छोरीहरु भएका थिए । पिता मनप्रसाद तथा उनकी कान्छी श्रीमती माता मनधरा प्रसाई भण्डारीको कान्छा छोरा रहेका श्रीप्रसादको ताप्लेजुङ जिल्ला हाल सिरिजङ्घा गाउँपालिका-५, पेदाङ साबिक पेदाङ गाउँ विकास समिति-२ मा वि.सं. १९९४ साल मंसिर ८ गते जन्म भएको थियो । हाल उहाँ शिवसताक्षी नगरपालिका–९ दुधे निवासी हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरा र सात जना छोरी रहेका छन् ।

राजनीतिक जीवन

ताप्लेजुङ जिल्लामा श्रीप्रसाद भण्डारी पञ्चायती व्यवस्थामा एक स्थापित नाम हो । वि.सं. २०१८ सालदेखि ताप्लेजुङको राजनीतिमा सक्रिय हजुरबुबाले प्रधानपञ्च, ताप्लेजुङ जिल्ला पञ्चायत सदस्य, जिल्ला पञ्चायत उपसभापति हुँदै २०३९ सालसम्म जिल्ला पञ्चायत सभापतिको जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएको थियो ।

२०१८ सालदेखि २०३९ सालसम्म २१ बर्षसम्म पदमा रहेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएर निरन्तर जनसेवामा आफ्नो जीवन समर्पित गर्नुभयो । उहाँ वि.सं. २०३३ को निर्वाचनमा ताप्लेजुङ जिल्ला पञ्चायत सभापतिमा निर्वाचित हुनुभएको थियो ।

उहाँ २०१८ सालमा चैत महिनामा ताप्लेजुङका १८ ग्राममध्ये खेवाङ ग्राम पञ्चायतको प्रधानपञ्च बन्नुभयो । २४ वर्षको उमेरमा २०१८ सालदेखि २०२३ सालमा जिल्ला पञ्चायत सदस्य बन्नुभएको उहाँ २०२३ सालदेखि २०२८ सालसम्म जिल्ला पञ्चायत उपसभापति हुनुभयो । उहाँले २०२८ सालदेखि २०३३ सम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नुभयो र २०३३ सालदेखि २०३९ सालसम्म जिल्ला सभापति हुनुभयो । मेरा बुबा रन बहादुर भण्डारीले पनि २०३८ सालमा श्रीप्रसाद हजुरबुबा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा उम्मेदवार हुँदा पुरै जिल्लाभरीका गाउँपालिका चुनाव प्रचार-प्रसारमा सहयोग गर्न एक महिना हिड्नु भएको थियो ।

उहाँ दुई कार्यकाल जिल्ला उपसभापति, एक कार्यकाल कार्यवाहक सभापति र एक कार्यकाल जिल्ला सभापति हुनुभएको थियो । निर्वाचित तथा कार्यवाहक दुवै भूमिकामा गरी ताप्लेजुङ जिल्लामा नेतृत्वको जिम्मेवारी निर्वाह गरेका उहाँको योगदान सदैव स्मरणीय रहनेछ ।

पञ्चायतकालभरी राजनीतिमा सक्रिय उहाँले एउटा इमानदार, समर्पित र निस्कलंन नेताको परिचय बनाउनुभयो । घरको खाएर समाजको सेवा गर्ने त्यो जमानामा उहाँले पनि एक सुक्का अरूको नलिई आफ्नो पुर्ख्यौली सम्पतिबाट पुरै २१ वर्ष ताप्लेजुङको राजनीतिमा समर्पित हुनुभयो ।

पूरा समाचार पढ्नको लागि तलको लिंक क्लिक गर्नुहोस्

काैशल्य गोत्रीय सिजापती भण्डारीका एक जिउँदो इतिहासको अन्त्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!