‘राष्ट्रिय विज्ञान दिवस, २०७६’ को अवसरमा २ जना पत्रकार पुरस्कृत
काठमाडौं, २ असोज । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ सफलतापूर्ण भव्यताका साथ सम्पन्न गरेको छ । यस वर्षको राष्ट्रिय बिज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तन स् सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ ।
उक्त दिवसको मूल समारोह समितिको मुख्य कार्यक्रम आज राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा भएको थियो । सो अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाई उत्कृष्ठ योगदान पुर्याउने २ जना पत्रकारहरुलाई पनि पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेहरुमा साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान(सम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचारवाचिका एवं प्रस्तोता सन्तोषी अधिकारीलाई सम्मान स्वरुप रु। १५ हजार राशिको पुरस्कार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए ।
पूरा समाचार पढ्नुहोस्
‘राष्ट्रिय विज्ञान दिवस, २०७६’ को अवसरमा २ जना पत्रकार पुरस्कृत
