Sunday, November 23, 2025
NepaliNews

भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

ललितपुर : साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधानसम्पादक गोपाल भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को कार्यालय, खुमलटार, ललितपुरमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भण्डारीलाई पुरस्कार प्रदान गरेका हुन्।

एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न भण्डारीलाई २०७६ सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ। विज्ञान तथा प्रविधिका उपलब्धि, उपयोगिता र सूचना सरलीकृत रूपमा गत एक वर्षमा छपाई तथा विद्युतीय माध्यममार्फत जनसाधारणसम्म पुग्ने गरी विज्ञान तथा प्रविधिसम्बन्धी आलेख, जानकारी एवं समाचार प्रकाशन गरी उत्कृष्ठ योगदान पुर्‍याए बापत भण्डारीलाई पुरस्कृत गरिएको नास्टले जनाएको छ।

पूरा समाचार पढ्नुहोस्

भण्डारीलाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!