Tag Archives: गोपाल भण्डारी

विजया दशमी २०७४ को हार्दिक मंगलमय शुभकामना

विजया दशमी २०७४ को हार्दिक मंगलमय शुभकामना

विजया दशमी २०७४ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । श्री भगवती देवीको चरण कमलमा कोटी कोटी प्रणाम ! ॐ जयंती मंगला काली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवधात्री स्वाहा, स्वधा, नमस्तुते !! ॐ सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके, शरण्ये त्रियम्बके गौरी नारायणी नमोस्तुते!! ॐ सर्ब स्वोरुपे सर्बेसे सेर्बे शक्ति समन्बिते, भयम्यस्त्राही नो देबी दुर्गे देबी नमस्तुते!! ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु माँ कश्चित् दुःख भाग्य भवेत्!! दशै नेपालीको सबैभन्दा ठूलो पर्व हो। यो पर्व धार्मिक भन्दा पनि बढी सांस्कृतिक र सामाजिक हो। नेपालको जनसंख्यामा सनातन धर्मावलम्बीहरूको बहुमत छ। त्रेता युगमा भगवान रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी राज्यमा शान्ति स्थापना गरेको जनविश्वास छ । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा मनाइन्छ । दशैँको टीकाका ५ वटा वैदिक मन्त्रहरू (पुरुषका लागि सबै ५ वटै मन्त्रहरू र महिलाका लागि २ देखि ५ सम्मका ४ …

Continue reading

Posted in General, Information. Tagged with , , , , , .

नेपाल सरकारको भावी बैज्ञानिक कदम

u

– गोपाल भण्डारी हिजो नमस्कार गरेर देवताको रुपमा पुजा गर्ने चन्द्रमामा मानिस पुगिसकेको छ । कतिपय असम्भव कुरालाई बिज्ञानले सम्भव बनाइ दिएको छ । तर त्यसको पछाडि बिकासित देशले चालेको दूरदर्शी बैज्ञानिक कदमको परिणाम हुन । अहिले हामी सवै नयाँ नेपाल निर्माणको कुरा गरिरहेका छौं । हामीले आशा गरे जस्तो समृद्ध नेपालको निर्माण गर्ने हो भने हामीले हाम्रो वैज्ञानिक क्षमतामा द्रुतगतिले विकास गर्नै पर्छ र विज्ञान प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा पार्नै पर्दछ । वैज्ञानिक क्षमताको विकास गर्न सन् १९६० को दशकदेखि नै नेपाली वैज्ञानिक समुदायले राष्ट्रिय विज्ञान नीति निर्माणको आवश्यकता माथि जोड दिदै आएको थियो । अहिले मुलुक ठूलो राजनीतिक परिवर्तनको संघारमा छ । हाम्रा नेताहरूले नेपाललाई आगामी दशवर्षभित्र …

Continue reading

Posted in Science. Tagged with , , , , , .

नेपालको युरेनियम : बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड

u

– गोपाल भण्डारी नेपाल जलस्रोतमा दोस्रो धनी देश होस् नहोस तर लोडसेडिङमा पहिलो धनी देश भने पक्का हो । जलस्रोतको धनी देश नेपालमा १८ घण्टा लोडसेडिंग हुन्थ्र्याे बिगतमा । तर खोलामा पानी बगी राखेको छ । नेपाल जलस्रोतको समुचित उपयोगले मात्र पनि मुलुक धनी बन्नसक्छ । प्राकृतिक स्रोतमा नेपाल निकै‘ धनी देश भनेर भनिन्छ । महाभारतको चुरे पर्वतमा युरेनियमको खानी, काठमाडौँमा ग्याँसको भण्डार, रोल्पामा सुन पत्ता लाग्यो जस्ता खबर पटक–पटक आइरहन्छन् । तर, नेपालमा के–कति खनिज छ–छैन भनेर वा संभावित खानी, खनिज, इन्धनबारे अनुसन्धान गर्नका लागि नेपाल सरकारले खानी विभागलाई तलब बाहेक वर्षको थोरै बजेट दिन्छ । त्यो रकमले निश्चित क्षेत्रमा ७–८ सय किलोमिटरको नक्शाङ्कन गर्न पनि पर्याप्त हुँदैन । …

Continue reading

Posted in Science. Tagged with , , , , , .

नेपालको युरेनियम सम्भावना मात्र कि उत्खनन योग्य पनि ?

u

– गोपाल भण्डारी प्रायः हरेक बस्तुमा सम्भावना रहेको त हुन्छ तर त्यस बस्तुले मानवीय आवश्यकताको पुरती गर्न सक्ने उपयोगिता बढी महत्वपूर्ण हुन जान्छ । विश्वभर नै आणविक शक्तिलाई सैनिक प्रयोजनको निमित्त मानवविरुद्धमा दुरुप्रयोग गर्नुभन्दा विधुतीय उर्जामा परिणत गर्नुपर्ने जनमत रहेको देखिन्छ । धेरै अध्ययन गर्न बाँकी भए पनि प्रारम्भिक चरणको अध्ययनले औद्योगिक सम्भावना देखिएको छ । युरेनियम क्षेत्र फैलिएको लम्बाइ, चौडाइ र गहिराइ, परिमाण तथा गुणस्तर पत्ता लगाएपछि कमर्सियल भाइब्रेन्टु कस्तो भनेर थाहा हुन्छ । ठूलो क्षेत्र र राम्रो सम्भावना रहेकाले सरकारले यसलाई विशेष कार्यक्रम ल्याएर पनि अध्ययन र उत्खनन गर्नुपर्ने आवश्यकता छ । उपलब्ध प्राकृतिक स्रोत साधनको समुचित उपयोग विना कुनै पनि देशको आर्थिक विकास सम्भव हुँदैन । जनताको …

Continue reading

Posted in Science. Tagged with , , , , , , , .

नेपालमा रेडियोधर्मी पदार्थबारे कानुन

u

गोपाल भण्डारी भनिन्छ कानुनको उदेश्य औचित्य स्थापित गर्नु,न्यायको रक्षा गर्नु र अनुचित कार्यबाट छुटकारा दिलाउनु हो । देशभित्रका युरेनियम अन्वेषण गरी प्रशोधन गर्दा आणविक विकासमा पाइलो सार्न सहयोग पुग्छ । खानी तथा खनिज पदार्थ ऐन, २०४२ र नियमावली २०५६ मा, सरकारले युरेनियम, सुन र हीरालाई जंगी खानीका रूपमा परिभाषित गर्दै त्यसको अन्वेषण, उत्खननको एक मात्र अधिकार खानी विभागलाई दिएको छ । उत्खननका लागि पहिले संसद्बाट न्युक्लियर ऐन ल्याउन आवश्यक छ । नेपालमा रसायन विश्लेषण तथा परीक्षण गर्ने प्रयोगशाला छैन, उत्खनन गर्नैपरे बाहिरी देशको कम्पनीलाई दिनुपर्ने हुन्छ । दोस्रो वा तेस्रो पक्षलाई काम दिनचाहिँ छिमेकी मुलुकको रणनीतिक स्वार्थका कारण सम्भव देखिँदैन । नेपालले सन् २००८ को जुलाईमा एजेन्सीको सदस्यता लिएपछि मात्र …

Continue reading

Posted in Science. Tagged with , , , , , .

आणविक उर्जा नेपाललाई आवश्यक किन ?

Nuclear-Power-Plant2

– गोपाल भण्डारी भनिन्छ आवश्यकता आविष्कारको जननी हो । तर सुतेको सिहको मुखमा मृग आफै आएर पस्ने त होईन । वि.स.ं २०२१ सालतिर वरिष्ठ जलस्रोतविद डा. हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधी सोधपत्रमा नेपालको सम्भाव्य जलविद्युत क्षमता ८३००० मेगावाट रहेको तथ्य बाहिर ल्याए । नेपाल जलस्रोतमा धनी भए पनि पर्याप्त रूपमा यसको उपयोग हुन सकेको छैन । आर्थिक रूपले उत्पादन हुन सक्ने ४२००० मेगावाटमध्ये केवल ७ सय मेगावाटजति उत्पादन गर्न सकिएको छ । नेपालको आर्थिक रुपले सम्भाव्य क्षमता भनिएको ४२००० मेगावाट हालको जनसङ्ख्या साढे दुई करोडले हिसाब गर्दा सबै क्षमताका जलबिद्युत आयोजना बनाउंदा पनि प्रतिव्यक्ति ७००० युनिट पर्दछ । समृद्धशाली पाश्चात्य मूलुकमा प्रतिव्यक्ति बिजुली खपत २०००० युनिट भन्दा बढी हुन्छ । तर …

Continue reading

Posted in General, Science. Tagged with , , , , , , .

शुभ दीपावली २०७२ को हार्दिक मंगलमय शुभकामना !

Gopal subhakamana

तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म गरी जम्मा पाँच दिनसम्म मनाइने पर्व हो।  तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरु छन्: सुर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दूशास्त्रमा  उल्लेख गरिएको छ । यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग” भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्” भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई …

Continue reading

Posted in General. Tagged with , , , .

नेपालको पहिलो महिला राष्ट्रपतिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना !

bv

जीवन केवल बसन्त होईन तर तुषारे शिशिर पनि हो ! जीवन एक संघर्ष हो । सत्य पहिला नमिठो हुन्छ । सत्यको बिजय ढिला हुन्छ । लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपति चयन भएकी विद्यादेवी भण्डारीको जीवन कथा रोमाञ्चक र मर्मस्पर्शी छ। जीवनमा धेरै उतार चढाव भयो बिधादेवी भण्डारीको जीवनमा । समयले मान्छेलाई कहाँ कहाँ पुर्याउछ । कहिले रुहाउछ त कहिले हसाउछ  । राष्ट्रपति भण्डारी श्रीमान् मदनसँग। मदन भण्डारीले भनेका थिए ‘राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन’ । बर्तमान नेपाली राजनीतिको परिदृश्य यही उनको महान वाणीको वरिपरि घुमिरहेको छ ।  सिद्धान्तका निम्ति जीवन होइन, जीवनकालागि सिद्धान्त‘ जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट इतिहासको मात्र नभई विश्व साम्यवादी आन्दोलनका एक महान् अभियन्ताका …

Continue reading

Posted in General. Tagged with , , , , , , , , , , , , , , , , , , , , , .

विजया दशमी २०७२ को हार्दिक मंगलमय शुभकामना !

1

दशै नेपालीको सबैभन्दा ठूलो पर्व हो। यो पर्व धार्मिक भन्दा पनि बढी सांस्कृतिक र सामाजिक हो। नेपालको जनसंख्यामा सनातन धर्मावलम्बीहरूको बहुमत छ। त्रेता युगमा भगवान रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी राज्यमा शान्ति स्थापना गरेको जनविश्वास छ । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा मनाइन्छ । हाम्रो देश नेपालमा नयाँ संविधान निर्माण भएपछी देशमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युग शुरु हुनैपर्छ । दशैँको टीकाका ५ वटा वैदिक मन्त्रहरू (पुरुषका लागि सबै ५ वटै मन्त्रहरू र महिलाका लागि २ देखि ५ सम्मका ४ वटा  मन्त्रहरू) : आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥ शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं विदुरे भवन्ति भवतां …

Continue reading

Posted in General. Tagged with , , , .

नेपालका अन्य राष्ट्रिय आयोजनाहरु

rail-naksa

– गोपाल भण्डारी – Gopal Bhandari कुनै पनि कामको पूर्व तयारी सहितको चाँजोपाँजो नै वास्तवमा योजना हो । आयोजना भनेको अस्थायी तथा विशेष कार्य हो, जसको अवधि कार्य पुरा नभएसम्मको लागी हुने गर्दछ र सामान्यतया कार्य पुरा भए पश्चात आयोजना पनि समाप्त हुने गर्दछ । नेपाल सरकारले आवधिक विकास योजनाका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले सञ्चालित विकास आयोजना तथा कार्यक्रमहरूको प्राथमिकताक्रम तोक्ने कार्यलाई संस्थागत गरेको छ । नवौं योजनादेखि नै विकास आयोजना तथा कार्यक्रमहरूलाई विशेष प्राथमिकता प्राप्त वा प्राथमिकता प्राप्त आयोजनाका रूपमा प्राथमिकीकरण गरी साधन विनियोजनलाई प्रभावकारी बनाउने कार्य प्रारम्भ गरिएको थियो । १. काठमाडौं मेट्रो रेलवे आयोजना काठमाडौं उपत्यकाभित्रको बढ्दो जनघनत्व र सार्वजनिक सवारी साधनमा देखिएको विकृतिलाई रोक्नका लागि रेल …

Continue reading

Posted in General. Tagged with , , , , , .

भावी नेपालको बिकासका योजनाहरु/अबधारणाहरु

chhaya Centre

– गोपाल भण्डारी – Gopal Bhandari १. काठमाडौंमा खुल्ने भयो ८ अर्बको नेपालकै ठूलो पाँचतारे शेराटन होटल अन्तर्रा्ष्ट्रिय स्टारवुड होटल एन्ड रिसोर्ट वल्र्ड वाइड सेराटनले एमआईटी नेपालसँगको सहकार्यमा सन् २०१८ फेब्रुअरी महिनाबाट होटल सञ्चालन गर्ने लक्ष्य रहेकोे छ । कम्पनीका समूह प्रमुख कार्यकारी अधिकृत तथा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अन्तर्रा्ष्ट्रिय चेन होटल ल्याएर मुलुकको पर्यटन क्षेत्रको विकासमा लागेको स्पष्ट पारे । सेराटन काठमाडौंमा लगानी लगाएका घले अस्ट्रेलियाका २०० धनीमध्ये १६६ स्थानमा छन् । यो नेपालमा हालसम्म उपलब्ध होटलहरु मध्ये सबैभन्दा ठूलो हुनेछ । सेराटन ब्रान्डमा विश्वका करिब ७० मुलुकमा चार सय होटल सञ्चालन भइरहेका छन् । स्रोत : http://www.onlinekhabar.com कान्तिपथस्थित केशरमहलसँगै रहेको करिब १४ रोपनी क्षेत्रफलमा ८ अर्बको लगानीमा …

Continue reading

Posted in General. Tagged with , , , , , .

फेरिदै गएको काठमार्डौेंको मुहार

Future Kathmandu

– गोपाल भण्डारी – Gopal Bhandari काठमाडौं सहर हेर्दा लाग्छ रहर । काठमाडौं देशकै लागि गौरव बन्ने भएको छ । २० बर्षे दिर्घकालिन योजना ल्याएर काठमाडौंलाई सुन्दर शहर बनाउन उपत्यका विकास प्राधिकरण जुटेको छ । राजधानीका मुख्य सडकमा सोलार वत्ति जडान, सडक किनारका घरमा एक किसिमको रङ रोगन, ठाउँ ठाउँमा हरियाली र वृक्षारोपण जस्ता कार्यक्रम तत्काल सुन्दर काठमाडौं निर्माण योजनामा समेटिएका छन् । सडक विस्तारमा सरकारले १० अर्ब हाराहारी खर्च गरेको छ । जनसाधारणले आफ्नो भत्केको संरचना नयाँ बनाउँदा ४० अर्ब जति लगानी गरेको छ । ५० अर्ब लगानीमा काठमाडौं नयाँ स्वरुप आउन लागेको छ । काठमाडौंमा थप चाप बढ्न नदिन आसपासमा ‘स्ट्याटलाईट सिटी’ को अवधारणा ल्याईदैछ । काठमाडौंको दुषित …

Continue reading

Posted in General. Tagged with , , , , , , , , , , .

नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु

लोकमार्ग

– गोपाल भण्डारी नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु : ( जम्मा १७+४ = २१ वटा ) ( National Pride Projects of Nepal) : (Total 17+4 = 21) (क) उर्जा मन्त्रालय १. तामाकोशी जलविधुत आयोजना २. बुढी गण्डकी जलबिधुत आयोजना ३. पश्चिम सेती जलबिधुत आयोजना ख) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १. मध्य पहाडी (पुष्पलाल) लोकमार्ग परियोजना २. हुलाकी राजमार्ग ३. काठमाडौं तराई मधेश द्रुतमार्ग ४. उत्तर दक्षिण लोकमार्ग (कोशी, गण्डकी र कर्णाली) : ( ३ वटा ) (क) उत्तर दक्षिण लोकमार्ग कोशी (ख) उत्तरदक्षिण लोकमार्ग कालीगण्डकी (ग) उत्तर दक्षिण लोकमार्ग कर्णाली ५. पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्ग आयोजना (ग) शहरी बिकास मन्त्रालय १. मेलम्ची खानेपानी आयोजना (घ) सिँचाइ मन्त्रालय १. …

Continue reading

Posted in General, Information. Tagged with , , , , , , , , , , , , , , , , , , , , , , , , , , .

विजया दशमी २०७१ को हार्दिक मंगलमय शुभकामना !

1

विजया दशमी २०७१ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सुस्वास्थ्य, दीर्घायु सफलता एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । – गोपाल भण्डारी http://gopalbhandari.com.np https://www.facebook.com/pages/Gopal-Bhandari/528413237302899 https://twitter.com/gb_physicist

Posted in General. Tagged with , , , .

ताप्लेजुङ जिल्ला

10342499_10203299257513699_2307252616599752809_n

ताप्लेजुङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको उत्तरमा अवस्थित एक रमणीय हिमाली जिल्ला हो। विश्वको तेस्रो अग्लो चूचूरो आफूमा समाबेश गरेको यस जिल्ला मेची अञ्चलको सब भन्दा ठूलो जिल्ला पनि हो। ताप्लेजुङ्ग जिल्लाको अर्को सम्पति भनेको पाथीभरा देवीको मन्दिर पनि हो। जहाँ हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन्। झापा जिल्लाको बिर्तामोड देखि २३४.११ किलोमिटरको सडकले इलाम र पाँचथरको सदरमुकाम हुँदै यस जिल्लाको सदरमुकाम फुङ्लिङ बजारलाई जोडेको छ। नेपालको सुदुर उत्तर-पूर्वमा अवस्थित तेस्रो ठूलो जिल्ला ताप्लेजुङ करीब ३,६४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको छ। हिमाली र पहाडी भूबनोटसँगै उत्तर-दक्षीण फैलीएर रहेको यो जिल्ला ७७७ मिटर देखि ८,५९८ मिटरसम्मको उचाइमा रहेको छ। सन् २००१मा गरिएको जनगणना अनुसार …

Continue reading

Posted in General. Tagged with , , .

A Brief History of Science and Technology

1237923_10201441347387107_898220912_n

A Brief History of Science and Technology  

Posted in Information, Science, Technology. Tagged with , , , .
error: Content is protected !!