SLC २०७१ को Result सार्वजनिक ४७.४३ % उत्तीर्ण

SLC

काठमाडौं , असार ४

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी नतिजा प्रकाशन गरेको हो । यस वर्ष परीक्षामा ४७.४३ % विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४३.९२ % प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यस वर्षको नियमित परीक्षामा ५,७४,६८५, पुनः परीक्षामा १,४५,१८३ तथा प्राविधिकतर्फ ३२८८ सहभागी थिए । परीक्षा गत वर्ष चैत ५ देखि १३ चैतसम्म सञ्चालन भएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००, ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ । यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

एसएलसी २०७१ को संक्षिप्त नतिजा विवरण

nirjana

शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.np, www.ncell.com.np  मा परीक्षाफल हेर्न सकिनेछ । यसवर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने नियन्त्रक द्वारेले बताए ।

SLC २०७१ Result को प्र का शित भएको छ । तपाईको वा आफन्तको सहि Symbol Number दिनुहोस वा यो तलको लिंकमा गएर आफै हेर्नुहोस !

www.moe.gov.np

www.doe.gov.np

www.soce.gov.np

www.slc.ntc.net.np

Mark Sheet सहितको नतिजा हेर्न यहाँ क्लिक गर्नु होला

http://onlinepatrika.com/slc-result/

http://www.slc.ntc.net.np/slc2071_ledger.php

slc-ntc-result

यस वर्ष एसएलसी दिएर उत्तीर्ण हुने सम्पूर्ण भाइ बहिनीहरुलाई हादिॅक बधाई तथा उतर उतर प्रगतिको धेरै धेरै शुभकामना ! साथै नाम ननिस्किएका भाइ बहिनीहरु निराश नहुनुहोला । तपाइको भविष्य एसएलसी को नतिजाले मात्र निर्धारण गर्ने होइन अब राम्रो गर्छु भनेर अघि बढ्नुभयो भने सफलता अवस्य हात लाग्नेछ ।

-गोपाल भण्डारी
(प्रधान-सम्पादक)
साईन्स इन्फोटेक पत्रीका
तथा
(सचीब)
बौद्धिक स्रोत परिचालन केन्द् नेपाल

(Visited 899 times, 1 visits today)

Gopal Bhandari

Editor-in-Chief, Writer/Author, Researcher
Posted in General. Tagged with , , , , .
error: Content is protected !!