युरेनियमका गुणहरु र दोषहरु

Uranium-Ore-300x222

Gopal Bhandari
गोपाल भण्डारी

दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले हानेका दुई शक्तिशाली एटम वमले धेरै नै ठूलो धन जनको क्षति भएको थियो । सन् १९४५ युरेनियम–२३५ बाट निमिर्त लिटिल ब्वाय र युरेनियम–२३८ बाट परिमार्जित गरी बनाइएको फ्याट म्यान नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए । एटम बम ज्यादै ज्वलनशील र विस्फोटक किसिमको विभाजन हुन सक्ने पदार्थ युरेनियम (Uranium) र प्युलोटोनियम (Plutonium) बाट बनाईन्छ । एटम बम विस्फोटन हुँदा एकैछिनमा एक्कासी लाखौँ डिग्री सेल्सियस तापक्रम बढ्न पुग्छ । यसमा बमको सबै भाग ग्याँसमा बदलि चाप वायुमण्डलको भन्दा लाखौँ गुणा बढी हुन्छ र वरपरको हावालाई चाप्दै यो तिव्र गतिमा फैलिन थाल्दछ । बिस्फोटन भएको समयमा आगोको ज्वाला निस्केको हुन्छ र त्यहि समयमा आगोको विशाल भकुण्डो अति तातो हावासंग सँगै निस्कन्छ । यसबाट शक्तिशाली विकिरणहरू उत्पन्न भई परमाणिक प्रतिक्रिया भएको ठाउँबाट पनि त्यतिकै शक्तिशाली न्यूटोन (Neutron) र गामा विकिरण (Gamma Ray) हरू निस्कन्छन् । विस्फोटन भएपछि तातो ग्याँस र विकिरणहरूबाट रंगित मुस्लो बन्छ । २–३ मिनेट भित्रै यो केहि किलोमिटर माथि उठ्छ र च्याउको छाता जस्तो देखिन्छ । विस्फोटनबाट विकिरणहरू वनस्पति र जन्तुहरूको शररि भित्र पस्नाले ठूलो धनजनको क्षति हुन जान्छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकी वैज्ञानिक ओपनहाइमरले परमाणु वम बनाएर प्रयोगात्मक रूपमै पृुष्टि गरिदिए । उनले नाभिकीय विखण्डन प्रतिक्रियाबाट पदार्थको केही अत्यन्तै सानो अंशलाई मात्र भएपनि शक्तिमा बदलेर देखाइदिए । वास्तवमा परमाणु वममा नाभिकीय प्रतिक्रियाबाट पदार्थ शक्तिमा बदलिन्छ तर त्यहाँ अत्यन्तै थोरै मात्राको पदार्थमात्र शक्तिमा बदलिएको हुन्छ । पदार्थ पूर्ण रूपमा शक्तिमा बदल्ने प्रविधिको विकास भने अहिलेसम्म विश्वमा भइसकेको छैन ।

युरेनियमको सदुपयोग भयो भने भौतिक जीवनका लागि अभिन्न मित्र बन्न सक्छ । दुरुपयोग गरियो भने यसले संसारका सबै प्राणीलाई नष्ट गर्न पनि सक्छ । एक किलो ग्राम युरेनियम २५३ ले झण्डै २० हजार मेगावाट प्रति घण्टा बराबरको ताप उत्पन्न गराउन सक्छ जुन ३० लाख टनको दाउरा बालदा निस्कने ताप बराबर हुन आउँछ । एटम वममा १ ग्राम पदार्थ विलाउँदा २१ अरब किलो क्यालोरी तापशक्ति उत्पन्न हुन्छ । यो भनेको दिनको १० हजार लिटर मट्टितेल जम्मा गर्दै जाँदा २३ वर्षसम्म जम्मा गर्दा जति जम्मा हुन्छ, त्यो सबैलाई एकैचोटी बाल्दा जति तापशकित उत्पन्न हुन्छ त्यति बराबरको ताप शक्ति १ ग्राम पदार्थ बिलाउँदा उत्पन्न हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने पदार्थलाई शक्तिमा परिवर्तन गर्न सकेको खण्डमा कल्पना नै गर्न नसक्ने शक्ति उत्पन्न हुन्छ । युरेनियमबाट उत्पन्न रेडियोधर्मी विकिरणको आविष्कार गर्ने पोल्यान्डकी वैज्ञानिक मेडम क्युरीले सन् १९०३ र सन् १९११ मा दुइटा नोबेल पुरस्कार पाइन् । क्युरीको उक्त आविष्कार आधुनिक विज्ञान क्षेत्रका लागि वरदान नै साबित भयो । कस्तो विडम्बना १ त्यही विकिरणका कारण क्युरीको सन् १९३४ मा मृत्यु भयो । आईएईएका अनुसार विश्वका ३१ मुलुकमा ४ सय ३७ आणविक भट्टी सञ्चालित छन् । १५ मुलुकमा ६८ नयाँ भट्टी निर्माणाधीन छन् । सन् १९८६ को रुसमा भएको चेर्नोविल आणविक दुर्घटना र सन् २०११ को जापानमा भएको फुकुसिमा दुर्घटनाका कारण विश्वभर आणविक भट्टी बन्द गर्नुपर्ने बहस भइरहेको छ । दुर्भाग्य, खानी विभागले पत्ता लगाएको मकवानपुरको तीनभंगाले क्षेत्रको युरेनियमबारे कुनै जानकारी समेत नपाई त्यहाँ बसोवास गर्नेहरू प्रभावित भइरहेका छन् । युरेनियम यस्तो धातु हो, जसले एक पुस्तामा कुनै असर नदेखिए पनि दुई वा तीन पुस्तापछि पनि भयावह असर देखाउन सक्छ । पूरै वंशाणुगत गुण नै ध्वस्त पारिदिन सक्छ । भावी सन्तती पूरै अपांग बनाइदिन सक्छ । आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ युरेनियम विद्युत उत्पादनको शक्तिशाली स्रोत युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन ।

(Visited 39 times, 1 visits today)

Gopal Bhandari

Editor-in-Chief, Writer/Author, Researcher
Posted in Science.
error: Content is protected !!