नयाँ बर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना !

ad

Gopal Bhandari

– गोपाल भण्डारी

नयाँ बर्ष २०७३ को शुभ उपलक्ष्यमा सुख, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् । नयाँ राम्रा कामको थालनी गरेर नयाँ बर्षको स्वागत गर्ने समय हो । सबै रिस, राग, बैरभाव आदि त्यागी नयाँ जोश जाँगरका तथा नयाँ खुशी  र उमंगका साथ नयाँ बर्षलाई स्वागत गरौँ | आराम कुशल होस् । उन्नती प्रगती होस् । शान्ति अमनचैन कायम रहोस् । हासोखुशी छाइरहोस् ।

 नयाँ संविधानले नेपाल र नेपालीको हितमा काम गर्न सकोस् ।  जनताले जनताको लागि निर्माण गरेको नेपालको संविधान विश्वको सर्वोत्कृष्ट संविधान बन्न सकोस् । संविधानको सफल कार्यान्वयन होस् ।

 सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः। सर्वे भद्राणि पश्यन्तु मा कश्चित दुःखभाग्भवेत्।।

गोपाल भण्डारी
(प्रधान-सम्पादक)
साईन्स इन्फोटेक पत्रीका

Website :

http://gopalbhandari.com.np

Facebook Page :

https://www.facebook.com/pages/Gopal-Bhandari/528413237302899

Facebook Group :

https://www.facebook.com/groups/bgopal2025gpw

(Visited 71 times, 1 visits today)

Gopal Bhandari

Editor-in-Chief, Writer/Author, Researcher
Posted in General. Tagged with .
error: Content is protected !!