भावी नेपालको बिकासका योजनाहरु/अबधारणाहरु

chhaya Centre

– गोपाल भण्डारी

gopal

– Gopal Bhandari

१. काठमाडौंमा खुल्ने भयो ८ अर्बको नेपालकै ठूलो पाँचतारे शेराटन होटल

अन्तर्रा्ष्ट्रिय स्टारवुड होटल एन्ड रिसोर्ट वल्र्ड वाइड सेराटनले एमआईटी नेपालसँगको सहकार्यमा सन् २०१८ फेब्रुअरी महिनाबाट होटल सञ्चालन गर्ने लक्ष्य रहेकोे छ । कम्पनीका समूह प्रमुख कार्यकारी अधिकृत तथा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अन्तर्रा्ष्ट्रिय चेन होटल ल्याएर मुलुकको पर्यटन क्षेत्रको विकासमा लागेको स्पष्ट पारे । सेराटन काठमाडौंमा लगानी लगाएका घले अस्ट्रेलियाका २०० धनीमध्ये १६६ स्थानमा छन् । यो नेपालमा हालसम्म उपलब्ध होटलहरु मध्ये सबैभन्दा ठूलो हुनेछ । सेराटन ब्रान्डमा विश्वका करिब ७० मुलुकमा चार सय होटल सञ्चालन भइरहेका छन् ।

Sheraton Hotel

स्रोत : http://www.onlinekhabar.com
कान्तिपथस्थित केशरमहलसँगै रहेको करिब १४ रोपनी क्षेत्रफलमा ८ अर्बको लगानीमा निर्माण गर्न लागिएको १७ तलाको होटलमा २ तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेस्टरुम रहनेछ । होटल सेराटनमा २१८ वटा गेस्टरुम र सुइट रहनेछन । यस्तै, हेल्थ क्लब, स्पा, वातानुकूलित स्विमिङ पुल र फिटनेस सेन्टर सहितका सुबिधा पनि होटलमा उपलब्ध हुनेछन् । होटलभित्रै रिटेल सपिङ सुविधा हुनेछ भने स्थानीय र अन्तर्रा्ष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिनेछ । होटल निर्माणका क्रममा करिब ५०,००० ले प्रत्यक्ष रोजगारी र होटल सञ्चालन भएपछि ४५० दक्ष जनशक्तिले रोजगारी पाउनेछन् । विवाह तथा सभा–समारोहका लागि करिब १००० सिट क्षमताको १५०० वर्ग मिटरको सभाकक्ष पनि होटलमा राखिनेछ । भवन निर्माण आधुनिक (पोस्ट टेन्सन्ड कंक्रिट) विधि मार्फत् गरिने भएको छ । यसले भवनलाई बलियो र सुरक्षित बनाउने छ ।

२. काठमाडौंको ठमेलमा १४ रोपनीमा निर्माण भईरहेको १५ तले छाया केन्द्र, ठमेल

राजधानीको पर्यटकीय क्षेत्र ठमेलको भगवान बहाल नजिक करिव १४ रोपनी क्षेत्रफलमा ७ व्यवसायीको ३ अर्ब लगानीमा पाँचतारे होटल सहितको ‘छाया सेन्टर’ निर्माण भइरहेको छ । सन् २०१७ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण सुरु भएको सेन्टरमा पाँचतारे होटल ‘द ठमेल प्यालेस’ सहित पसल, रेस्टुराँ, सिनेमा हल, फुड कोर्ट, ब्याङ्क्वेटलगायतका सुविधा रहनेछन् । छायाँ सेन्टर निर्माण होटलमा १७५ वटा रुमहरु रहने बताइएको छ ।
chhaya Centre
स्रोत: http://www.chhayacenter.com

नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष तथा छायाँदेवी कम्पलेक्सका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको अगुवाइमा सेयर लगानीकर्ता निर्मल प्रधान, रियल–इस्टेटका कालु गुरुङ, पर्यटनका योगेन्द्र शाक्य, अटोमोबाइल तथा हाउजिङका सुहृद घिमिरे तथा पर्यटन व्यवसायी सुमन पाण्डे र महेश्वर श्रेष्ठले छाया सेन्टरमा लगानी गरेका छन् । पाण्डे र श्रेष्ठले यसको निर्माण, सञ्चालन तथा व्यवस्थापन हेर्नेछन् ।

सेन्टरको मुख्य भवन १५ तले रहनेछ । एक पटकमा करिब ४५० वटा गाडी अट्ने २ तले भूमिगत पार्किङस्थल रहने सेन्टरको पहिलो तल्लामा पसल, तेस्रो तल्लामा विभिन्न समूहका कर्पोरेट कार्यालय तथा बैंकहरू रहनेछन् । चौथो र पाँचौं तलामा फुड कोर्ट, मल्टिप्लेक्सलगायतका सुविधा हुनेछन् । माथिल्ला १० तलामा रहने होटलका लागि बहुराष्ट्रिय होटल सेराटन फोर प्वाइन्टसँग समझदारी भएकोे छ । होटलमा सुविधासम्पन्न २०० कोठा रहनेछन् । छाया सेन्टरको डिजाइनअनुसार भवनभित्र करिब २५० वटा पसल, ७ वटा रेस्टुराँ, ३ वटा सिनेमा हल, ५ वटा सभा हलका साथै १००० क्षमताको ब्याङ्क्वेट हलसमेत रहनेछन् । पसल र रेस्टुराँका लागि ब्रान्डलाई प्राथमिकता दिएको र सेन्टरमा नाङ्लोको शाखा रहने पक्कापक्की भएको छ । २४ घण्टा सञ्चालन हुने सेन्टरमा पर्यटकका अतिरिक्त नेपाली ग्राहकसमेतलाई लक्षित गर्दै विभिन्न सुविधा राखिनेछन् ।

  ३. गोरखा स्मारक

बेलायती साम्राज्यको स्वार्थ र समृद्धिका लागि लड्दा मारिएका ६० हजार नेपालीको सम्झना र सम्मानमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले स्याङ्जाको फेदीखोला–८ स्थित साल्मेडाँडामा ३०० रोपनी जग्गामा करिब ३ अरब रुपैँया लागतमा ५ वर्षभित्र गोरखा स्मारक निर्माण गर्न लागेको हो । गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) का अध्यक्ष पद्मबहादुर गुरुङका अनुसार विश्व शान्ति कायम गर्नका निमित्त अन्तर्रा्ष्ट्रिय युद्ध लडी जीवन उत्सर्ग गरेका वीर योद्धाको स्मरण तथा सम्मानमा सो स्मारक निर्माण गर्न लागिएको होे । स्मारकमा गोरखा समाधिस्थल, गोरखा संग्रहालय, जातिय सांस्कृतिक ग्राम, गोरखा टावरसँगै ५ डिब्बाको रेल सेवा सञ्चालन गर्ने लक्ष्य आयोजक संस्था गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले लिएको छ ।
gorkha smarak3

स्रोत : http://www.onlinekhabar.com

स्मारकको मूल क्षेत्र ११३ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । सर्वेक्षणको प्राविधिक प्रतिवेदन पाएपछि विख्यात नेपाली आर्किटेक्ट शंकरनाथ रिमालले गोरखा पितृहरुको समाधिस्थल विशेष स्मारक म्युजियम सुविधासम्पन्न सभाकक्ष सहितको गेसो रिसोस्र सेण्टर तथा नेपालका जनजातिको साँस्कृतिक विविधताको धरोहरका रुपमा अनुभव गर्न पाइने सांस्कृतिक ग्रामको डिजाइन गर्न थाल्नुभएको छ । आर्किटेक्ट शंकरनाथ रिमालका अनुसार धौलागिरी माछापुच्छे्र र अन्नपूर्ण हिमश्रृंखलाको अद्भभूत प्राकृतिक दृश्यलाई स्मारकसंगै अति नै नजिकबाट एकैपटक अवलोकन गर्न पाइने अनुपम सम्पदा नेपालमा उपलब्ध हुनेछ । यसमा राखिने जलाशयले अहिले अनुभव गरिने सौन्दर्यमा थप सौन्दर्य उत्पन्न गर्नेछ भने म्युजियममा विश्व शान्ति र बेलायतको रक्षाका लागि जीवन अर्पेका तर बेलायतबाटै बेहाल पारिएका गोरखाहरुको अवस्थाको चित्रण गरिने छ ।

४.  चन्द्रागिरीमा केवुलकार

काठमाडौंको थानकोटबाट रमणीय चन्द्रागिरी डाँडामा पुग्न केवुलकार निर्माण सुरु भएको छ । काठमाडौं फनपार्क प्रालिले साढे २ अर्ब रुपैयाँ लगानीमा केवुलकार निर्माण थालेको हो । केवुलकारको वटम स्टेशनमा फनपार्क र चन्द्रागिरीमा ३ तारे होटल निर्माण हुनेछन् । यी दुई परियोजना २०७२ भित्र सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका सञ्चालक अम्बिका पौडेलले जानकारी दिए ।

chandra-giri-cable-car

स्रोत: http://www.bizmandu.com

११ वटा पोल भएर थानकोटबाट चन्द्रागिरी पुग्ने केवुलकारको कुल लम्बाइ २.४ किलोमिटर हुनेछ । जसबाट ८ मिनेटमा चन्द्रागिरी डाँडो पुगिनेछ । प्रतिघण्टा १००० यात्रु क्षमतासहित केवुलकारको पुर्वाधार जडान गरिनेछ । बार्षिक ५ लाख पर्यटकलाई केवुलकार चढाएर चन्द्रागिरी पुर्याउने लक्ष्य राखिएको छ । चन्द्रागिरी डाँडामा कन्फ्रेन्स हलसहित बन्ने होटल १०० कोठाको हुनेछ । डाँडामा वोटानिकल बगैँचा पनि निर्माण हुनेछ । केवुलकारको वेस स्टेशनमा बन्ने फनपार्क पनि विषेश सुविधा सम्पन्न हुनेछ । त्यसका लागि कम्पनीले ८० रोपनी जग्गा खरिद गरेको छ । चन्द्रागिरी डाँडो र त्यस तलको २० हेक्टर जमिन कम्पनीले ४० बर्षका लागि सरकारसँग लिजमा लिएको हो । केवुलकार, मन्दिर, फनपार्क र होटलसहित सबै परियोजनाको लागत साढे २ अर्ब लाग्ने अपेक्षा गरिएको छ । त्यसमा आईएमई समुह, भाटभटेनी, अम्बिका पौडेल र वेलायतमा बस्दै आएका नेपाली व्यवसायीहरु उत्तम र नवराज नेपालले लगानी गरेका छन् । सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट, ग्रान्ड, सिदार्थ र प्रभु विकास बैंकले एक अर्ब रुपैयाँको कन्सोर्टियम कर्जा लगानी गरेका छन् ।

केवुलकारसँगै चन्द्रागिरीमा काठमाडौं फनपार्क प्रालिले आकर्षक हिन्दु मन्दिर पनि निर्माण गर्नेछ । कम्पनीले चन्द्रागिरी डाँडामा इच्छापुरेश्वर महादेव मन्दिर निर्माण गर्न लागेको हो । पृथ्वीनारायण शाहले नेपाल एकिकरण पुर्व इच्छापुरेश्वर महादेवको दर्शन गरि काठमाडौं उपत्यकामा विजयी बनेको हुँदा त्यसको संरक्षण गर्नु ऐतिहासिक दृष्टिले पनि अपरिहार्य रहेको छ । मन्दिर पनि केवुलकारसँगै यहि बर्ष भित्र पुरा गर्ने लक्ष्य राखिएको छ । होटलमा रहने कन्फ्रेन्स हलका कारण काठमाडौंबाट छुट्टि मनाउने जाने मात्र होइन कार्यालयकै काम लिएर जानेहरुले पनि चन्द्रागिरीको रमणीय वातावरणमा समय विताउन सक्नेछन् ।

(Visited 330 times, 1 visits today)

Gopal Bhandari

Editor-in-Chief, Writer/Author, Researcher
Posted in General. Tagged with , , , , , .
error: Content is protected !!