Category Archives: General

विजया दशमी २०७४ को हार्दिक मंगलमय शुभकामना

विजया दशमी २०७४ को हार्दिक मंगलमय शुभकामना

विजया दशमी २०७४ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । श्री भगवती देवीको चरण कमलमा कोटी कोटी प्रणाम ! ॐ जयंती मंगला काली भद्रकाली कपालिनी, दुर्गा क्षमा शिवधात्री स्वाहा, स्वधा, नमस्तुते !! ॐ सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके, शरण्ये त्रियम्बके गौरी नारायणी नमोस्तुते!! ॐ सर्ब स्वोरुपे सर्बेसे सेर्बे शक्ति समन्बिते, भयम्यस्त्राही नो देबी दुर्गे देबी नमस्तुते!! ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु माँ कश्चित् दुःख भाग्य भवेत्!! दशै नेपालीको सबैभन्दा ठूलो पर्व हो। यो पर्व धार्मिक भन्दा पनि बढी सांस्कृतिक र सामाजिक हो। नेपालको जनसंख्यामा सनातन धर्मावलम्बीहरूको बहुमत छ। त्रेता युगमा भगवान रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी राज्यमा शान्ति स्थापना गरेको जनविश्वास छ । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा मनाइन्छ । दशैँको टीकाका ५ वटा वैदिक मन्त्रहरू (पुरुषका लागि सबै ५ वटै मन्त्रहरू र महिलाका लागि २ देखि ५ सम्मका ४ …

Continue reading

Posted in General, Information. Tagged with , , , , , .

शुभ दीपावली २०७३ को हार्दिक मंगलमय शुभकामना !

Happy Tihar

शुभ दीपावली २०७३ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म गरी जम्मा पाँच दिनसम्म मनाइने पर्व हो।  तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरु छन्: सुर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दूशास्त्रमा  उल्लेख गरिएको छ । यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग” भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा …

Continue reading

Posted in General.

मेरो जन्मभूमि पेदाङ एथेबु (जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !!)

Aap Dada

मेरो जन्मभूमि पेदाङ एथेबु (जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी !!)        

Posted in General.

ॐ श्री पशुपतिनाथकी जय !

पशुपतिनाथ

श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन! श्री पशुपतिनाथको चरण कमलमा कोटी कोटी प्रणाम! श्री पशुपतिनाथको आशिर्बाद सदा प्राप्त भईरहोस! हजुरका कोमल पाउमा कोटी कोटी नमन! 🌹🌹🌹🌹  __/|\__  🌹🌹🌹🌹 ॐ नम: शिवाय!! हर हर महादेव!! जय शम्भु!! 🌹🌹🌹🌹  __/|\__  🌹🌹🌹🌹 श्री पशुपतिनाथकी जय, जय भोलेनाथ, जय बम बम भोले, जय अविनाशि  🌹🌹🌹🌹  __/|\__  🌹🌹🌹🌹 कर्पुर गौरम करुणा वतारम संसार सारम भुजगेन्द्र हारम॥ सदा वसन्तम ह्रीदया र बिंदे भवम भवानी शाहीत नमामी॥ त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव॥ त्वमेव विद्या द्रविणं त्वमेव, त्वमेव सर्वं मम देव देव॥ 🌹🌹🌹🌹  __/|\__  🌹🌹🌹🌹   नागेंद्रहाराय त्रिलोचनाय भस्मांग रागाय महेश्वराय। नित्याय शुद्धाय दिगंबराय तस्मे “न” काराय नमः शिवायः॥   मंदाकिनी सलिल चंदन चर्चिताय …

Continue reading

Posted in General.

एउटा राजनेताको खोजी

राजनेता

– गोपाल भण्डारी पृष्ठभूमिः छाडेर काम सारा एक काम रोजिरहेछु यो देशमा म यौटा मानिस खोजिरहेछु शिशिर योगीको यो कर्णप्रिय आवाज नसुन्ने शायद कमै नेपाली होलान् । नेपाल लागि बलियो इच्छाशक्तियुक्त प्रतिबद्ध र जुझारु साहसी राजनीतिक नेतृत्वको आवश्यकता हुन्छ । हाम्रो देश नेपालमा अव्राहम लिङ्कन, महात्मा गान्धी र नेल्सन मण्डेला जस्ता महान् व्यक्तित्वहरूको खाँचो छ । डा. महाथीर विन मोहम्मद, वाराक ओबामा र नरेन्द्र मोदी जस्ता प्रतिभाशाली नेताको जन्म हुनुपर्ने अत्यन्तै आवश्यक छ नेपाल आमालाई । यतिमात्र होइन अल्र्वट आइन्स्टाइन, कार्ल माक्स, विलियम शेक्सपियर, लियोनार्दो दा भिञ्ची, मदर टेरेसा, मेडम क्यूरी, अव्राहम लिङ्कन, महात्मा गान्धी र नेल्सन मण्डेला जस्ता महान् व्यक्तित्वहरूको पनि आवश्यक पर्दछ । विश्वका महान् राजनेताहरू महात्मा गान्धी, …

Continue reading

Posted in General.

नयाँ बर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना !

ad

– गोपाल भण्डारी नयाँ बर्ष २०७३ को शुभ उपलक्ष्यमा सुख, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् । नयाँ राम्रा कामको थालनी गरेर नयाँ बर्षको स्वागत गर्ने समय हो । सबै रिस, राग, बैरभाव आदि त्यागी नयाँ जोश जाँगरका तथा नयाँ खुशी  र उमंगका साथ नयाँ बर्षलाई स्वागत गरौँ | आराम कुशल होस् । उन्नती प्रगती होस् । शान्ति अमनचैन कायम रहोस् । हासोखुशी छाइरहोस् ।  नयाँ संविधानले नेपाल र नेपालीको हितमा काम गर्न सकोस् ।  जनताले जनताको लागि निर्माण गरेको नेपालको संविधान विश्वको सर्वोत्कृष्ट …

Continue reading

Posted in General. Tagged with .

आणविक उर्जा नेपाललाई आवश्यक किन ?

Nuclear-Power-Plant2

– गोपाल भण्डारी भनिन्छ आवश्यकता आविष्कारको जननी हो । तर सुतेको सिहको मुखमा मृग आफै आएर पस्ने त होईन । वि.स.ं २०२१ सालतिर वरिष्ठ जलस्रोतविद डा. हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधी सोधपत्रमा नेपालको सम्भाव्य जलविद्युत क्षमता ८३००० मेगावाट रहेको तथ्य बाहिर ल्याए । नेपाल जलस्रोतमा धनी भए पनि पर्याप्त रूपमा यसको उपयोग हुन सकेको छैन । आर्थिक रूपले उत्पादन हुन सक्ने ४२००० मेगावाटमध्ये केवल ७ सय मेगावाटजति उत्पादन गर्न सकिएको छ । नेपालको आर्थिक रुपले सम्भाव्य क्षमता भनिएको ४२००० मेगावाट हालको जनसङ्ख्या साढे दुई करोडले हिसाब गर्दा सबै क्षमताका जलबिद्युत आयोजना बनाउंदा पनि प्रतिव्यक्ति ७००० युनिट पर्दछ । समृद्धशाली पाश्चात्य मूलुकमा प्रतिव्यक्ति बिजुली खपत २०००० युनिट भन्दा बढी हुन्छ । तर …

Continue reading

Posted in General, Science. Tagged with , , , , , , .

शुभ दीपावली २०७२ को हार्दिक मंगलमय शुभकामना !

Gopal subhakamana

तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म गरी जम्मा पाँच दिनसम्म मनाइने पर्व हो।  तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरु छन्: सुर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दूशास्त्रमा  उल्लेख गरिएको छ । यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग” भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्” भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई …

Continue reading

Posted in General. Tagged with , , , .

नेपालको पहिलो महिला राष्ट्रपतिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना !

bv

जीवन केवल बसन्त होईन तर तुषारे शिशिर पनि हो ! जीवन एक संघर्ष हो । सत्य पहिला नमिठो हुन्छ । सत्यको बिजय ढिला हुन्छ । लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपति चयन भएकी विद्यादेवी भण्डारीको जीवन कथा रोमाञ्चक र मर्मस्पर्शी छ। जीवनमा धेरै उतार चढाव भयो बिधादेवी भण्डारीको जीवनमा । समयले मान्छेलाई कहाँ कहाँ पुर्याउछ । कहिले रुहाउछ त कहिले हसाउछ  । राष्ट्रपति भण्डारी श्रीमान् मदनसँग। मदन भण्डारीले भनेका थिए ‘राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन’ । बर्तमान नेपाली राजनीतिको परिदृश्य यही उनको महान वाणीको वरिपरि घुमिरहेको छ ।  सिद्धान्तका निम्ति जीवन होइन, जीवनकालागि सिद्धान्त‘ जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट इतिहासको मात्र नभई विश्व साम्यवादी आन्दोलनका एक महान् अभियन्ताका …

Continue reading

Posted in General. Tagged with , , , , , , , , , , , , , , , , , , , , , .

विजया दशमी २०७२ को हार्दिक मंगलमय शुभकामना !

1

दशै नेपालीको सबैभन्दा ठूलो पर्व हो। यो पर्व धार्मिक भन्दा पनि बढी सांस्कृतिक र सामाजिक हो। नेपालको जनसंख्यामा सनातन धर्मावलम्बीहरूको बहुमत छ। त्रेता युगमा भगवान रामचन्द्रले आसुरी शक्तिका रुपमा रहेको रावणलाई बध गरी राज्यमा शान्ति स्थापना गरेको जनविश्वास छ । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा मनाइन्छ । हाम्रो देश नेपालमा नयाँ संविधान निर्माण भएपछी देशमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युग शुरु हुनैपर्छ । दशैँको टीकाका ५ वटा वैदिक मन्त्रहरू (पुरुषका लागि सबै ५ वटै मन्त्रहरू र महिलाका लागि २ देखि ५ सम्मका ४ वटा  मन्त्रहरू) : आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥ शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं विदुरे भवन्ति भवतां …

Continue reading

Posted in General. Tagged with , , , .

चाणक्यको स्त्रीका बारेमा ७ रहस्यहरु

female

भनिन्छ नेपालका राष्ट्रनिर्माता पृथ्वी नारायण शाहका पनि कयौ नीतिहरु चाणक्य नीतिबाट प्रभावित थिए । चाणक्यले नारी अर्थात स्त्रीका बारेमा आफ्नो मिश्रीत नीति र बिचार प्रकाशित गरेका छन त्यसमध्ये केहि सकारात्मक छन त केहि नकारात्मक पनि । केहीलाई समयको बदलिदो परीवर्तनसंगै स्वत असान्दर्विक तुल्याइदिएका छन भने केहि भने अहिले पनि मननयोग्य नै छन । विशेष गरि स्त्री जातिका गुण, दोष बानी व्यहोरा र महत्वका बारेमा लेखिएका केही कुराहरु तल दिएका छन । १. स्त्री कस्ता हुनुपर्दछ ? पुत्र तिनै हुन् जो पितृभक्त छन् । पिता त्यही हो जसले पालना गर्दछ, त्यही मित्र हो, जसको विश्वास छ र त्यही स्त्री हो जसमा सुख छ । २. कस्ता स्त्रीको छनौट गर्ने ? अर्थात विषबाट पनि …

Continue reading

Posted in General.

नेपालका अन्य राष्ट्रिय आयोजनाहरु

rail-naksa

– गोपाल भण्डारी – Gopal Bhandari कुनै पनि कामको पूर्व तयारी सहितको चाँजोपाँजो नै वास्तवमा योजना हो । आयोजना भनेको अस्थायी तथा विशेष कार्य हो, जसको अवधि कार्य पुरा नभएसम्मको लागी हुने गर्दछ र सामान्यतया कार्य पुरा भए पश्चात आयोजना पनि समाप्त हुने गर्दछ । नेपाल सरकारले आवधिक विकास योजनाका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले सञ्चालित विकास आयोजना तथा कार्यक्रमहरूको प्राथमिकताक्रम तोक्ने कार्यलाई संस्थागत गरेको छ । नवौं योजनादेखि नै विकास आयोजना तथा कार्यक्रमहरूलाई विशेष प्राथमिकता प्राप्त वा प्राथमिकता प्राप्त आयोजनाका रूपमा प्राथमिकीकरण गरी साधन विनियोजनलाई प्रभावकारी बनाउने कार्य प्रारम्भ गरिएको थियो । १. काठमाडौं मेट्रो रेलवे आयोजना काठमाडौं उपत्यकाभित्रको बढ्दो जनघनत्व र सार्वजनिक सवारी साधनमा देखिएको विकृतिलाई रोक्नका लागि रेल …

Continue reading

Posted in General. Tagged with , , , , , .

भावी नेपालको बिकासका योजनाहरु/अबधारणाहरु

chhaya Centre

– गोपाल भण्डारी – Gopal Bhandari १. काठमाडौंमा खुल्ने भयो ८ अर्बको नेपालकै ठूलो पाँचतारे शेराटन होटल अन्तर्रा्ष्ट्रिय स्टारवुड होटल एन्ड रिसोर्ट वल्र्ड वाइड सेराटनले एमआईटी नेपालसँगको सहकार्यमा सन् २०१८ फेब्रुअरी महिनाबाट होटल सञ्चालन गर्ने लक्ष्य रहेकोे छ । कम्पनीका समूह प्रमुख कार्यकारी अधिकृत तथा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अन्तर्रा्ष्ट्रिय चेन होटल ल्याएर मुलुकको पर्यटन क्षेत्रको विकासमा लागेको स्पष्ट पारे । सेराटन काठमाडौंमा लगानी लगाएका घले अस्ट्रेलियाका २०० धनीमध्ये १६६ स्थानमा छन् । यो नेपालमा हालसम्म उपलब्ध होटलहरु मध्ये सबैभन्दा ठूलो हुनेछ । सेराटन ब्रान्डमा विश्वका करिब ७० मुलुकमा चार सय होटल सञ्चालन भइरहेका छन् । स्रोत : http://www.onlinekhabar.com कान्तिपथस्थित केशरमहलसँगै रहेको करिब १४ रोपनी क्षेत्रफलमा ८ अर्बको लगानीमा …

Continue reading

Posted in General. Tagged with , , , , , .

फेरिदै गएको काठमार्डौेंको मुहार

Future Kathmandu

– गोपाल भण्डारी – Gopal Bhandari काठमाडौं सहर हेर्दा लाग्छ रहर । काठमाडौं देशकै लागि गौरव बन्ने भएको छ । २० बर्षे दिर्घकालिन योजना ल्याएर काठमाडौंलाई सुन्दर शहर बनाउन उपत्यका विकास प्राधिकरण जुटेको छ । राजधानीका मुख्य सडकमा सोलार वत्ति जडान, सडक किनारका घरमा एक किसिमको रङ रोगन, ठाउँ ठाउँमा हरियाली र वृक्षारोपण जस्ता कार्यक्रम तत्काल सुन्दर काठमाडौं निर्माण योजनामा समेटिएका छन् । सडक विस्तारमा सरकारले १० अर्ब हाराहारी खर्च गरेको छ । जनसाधारणले आफ्नो भत्केको संरचना नयाँ बनाउँदा ४० अर्ब जति लगानी गरेको छ । ५० अर्ब लगानीमा काठमाडौं नयाँ स्वरुप आउन लागेको छ । काठमाडौंमा थप चाप बढ्न नदिन आसपासमा ‘स्ट्याटलाईट सिटी’ को अवधारणा ल्याईदैछ । काठमाडौंको दुषित …

Continue reading

Posted in General. Tagged with , , , , , , , , , , .

नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु

लोकमार्ग

– गोपाल भण्डारी नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु : ( जम्मा १७+४ = २१ वटा ) ( National Pride Projects of Nepal) : (Total 17+4 = 21) (क) उर्जा मन्त्रालय १. तामाकोशी जलविधुत आयोजना २. बुढी गण्डकी जलबिधुत आयोजना ३. पश्चिम सेती जलबिधुत आयोजना ख) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय १. मध्य पहाडी (पुष्पलाल) लोकमार्ग परियोजना २. हुलाकी राजमार्ग ३. काठमाडौं तराई मधेश द्रुतमार्ग ४. उत्तर दक्षिण लोकमार्ग (कोशी, गण्डकी र कर्णाली) : ( ३ वटा ) (क) उत्तर दक्षिण लोकमार्ग कोशी (ख) उत्तरदक्षिण लोकमार्ग कालीगण्डकी (ग) उत्तर दक्षिण लोकमार्ग कर्णाली ५. पूर्व पश्चिम (मेची महाकाली) विद्युतीय रेलमार्ग आयोजना (ग) शहरी बिकास मन्त्रालय १. मेलम्ची खानेपानी आयोजना (घ) सिँचाइ मन्त्रालय १. …

Continue reading

Posted in General, Information. Tagged with , , , , , , , , , , , , , , , , , , , , , , , , , , .

नयाँ नेपाल निर्माणको एउटा सपना

nepal in 2080

– गोपाल भण्डारी पृष्ठभूमिः छाडेर काम सारा एक काम रोजिरहेछु यो देशमा म यौटा मानिस खोजिरहेछु शिशिर योगीको यो कर्णप्रिय आवाज नसुन्ने शायद कमै नेपाली होलान् । नेपाल लागि बलियो इच्छाशक्तियुक्त प्रतिबद्ध र जुझारु साहसी राजनीतिक नेतृत्वको आवश्यकता हुन्छ । हाम्रो देश नेपालमा अव्राहम लिङ्कन, महात्मा गान्धी र नेल्सन मण्डेला जस्ता महान् व्यक्तित्वहरूको खाँचो छ । डा. महाथीर विन मोहम्मद, वाराक ओबामा र नरेन्द्र मोदी जस्ता प्रतिभाशाली नेताको जन्म हुनुपर्ने अत्यन्तै आवश्यक छ नेपाल आमालाई । यतिमात्र होइन अल्र्वट आइन्स्टाइन, कार्ल माक्स, विलियम शेक्सपियर, लियोनार्दो दा भिञ्ची, मदर टेरेसा, मेडम क्यूरी, अव्राहम लिङ्कन, महात्मा गान्धी र नेल्सन मण्डेला जस्ता महान् व्यक्तित्वहरूको पनि आवश्यक पर्दछ । विश्वका महान् राजनेताहरू महात्मा गान्धी, …

Continue reading

Posted in General, Politics, Popular Articles. Tagged with , , , , , , , , , , , , , , , , , , , , .

Nepal in 2022 – The Great Vision

Nepal in 2022

– Gopal Bhandari Nepal will be developing country by 2022 According to Albert Einstein, “Imagination is more important than knowledge. Knowledge is limited. Imagination encircles the world.” Imagination is the beginning of creation. All successful people men and women are big dreamers. Everything you can imagine may be real. Imagination not only influences reality; it seemingly has the ability to create reality too. But, a dream doesn’t become reality through magic; it takes sweat, determination and hard work. Have a vision, but without imagination you can never step towards that vision which ultimately will become reality. Vision without action is a dream. Action without vision is simply passing the time. …

Continue reading

Posted in General, Information, Politics, Popular Articles, Science, Technology. Tagged with , , , , , , , , , , , , , , , , , , , .

SLC २०७१ को Result सार्वजनिक ४७.४३ % उत्तीर्ण

SLC

काठमाडौं , असार ४ परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी नतिजा प्रकाशन गरेको हो । यस वर्ष परीक्षामा ४७.४३ % विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४३.९२ % प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस वर्षको नियमित परीक्षामा ५,७४,६८५, पुनः परीक्षामा १,४५,१८३ तथा प्राविधिकतर्फ ३२८८ सहभागी थिए । परीक्षा गत वर्ष चैत ५ देखि १३ चैतसम्म सञ्चालन भएको थियो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००, ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ । यस्तै १६०० मा फोन गरेर …

Continue reading

Posted in General. Tagged with , , , , .

सत्ता समिकरण परिवर्तनको सकेत : दाहाल राष्ट्रपति, अाेली प्रधानमन्त्री

pk

एमाअाेवादी नेताकाे प्रस्तावः दाहाल राष्ट्रपति, अाेली प्रधानमन्त्री  एमाअाेवादीका नेता देवेन्द्र पाैडेलले महाभूकम्पपछिकाे पुनःनिर्माण अभियानका लागि एमाअाेवादी अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति र एमालेका अध्यक्ष केपी अाेलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका छन् । पाैडेलले सामाजिक सञ्जालमार्फत यस्ताे प्रस्ताव सार्वजनिक गरेका हुन् । उनले महाभुकम्प पछि सबै संहालिएर देश निमार्णमा जुट्नुपर्ने भएकाले आग्रह पूर्वाग्रह छाडेर पूर्ननिर्माण अभियानमा पहिलो तहका नेताहरु, कर्मचारी, सुरक्षा संयन्त्र, नागरीक समाज, बौद्धिक समुदाय आदिका ब्यक्तिवहरुले “पूर्ननिर्माण अभियान” सुरु गरेर दोस्रो तहकाहरुलाई फिल्डको जिम्मेवारी सुम्पिनुपर्ने प्रस्ताव गरेका छन् । उनकाे प्रस्तावकाे खाका यस्ताे छ छलफका लागी सार्वजनीक प्रस्ताव महाभुकम्प पछि अव सबै संहालिएर देश निमार्णमा जुट्नु पर्छ । आग्रह पूर्वाग्रह तथा आरोप प्रत्यारोप सबै छाडेर पूर्ननिर्माण अभियानमा पहिलो तहका नेताहरु, कर्मचारी, सुरक्षा …

Continue reading

Posted in General, Information, Popular Articles. Tagged with , , , , , , , , , , , , , , , , , , , .

आमाको मुख हेर्ने दिन / मातातिर्थ औसी/ मातृ दिवस (Mother’ Day)

admin-ajax.php

‘मातृ दिवस’ ‘आमाको मुख हेर्ने दिन'(मातातिर्थ औसी ) जननी जन्मभुमिश्च स्वर्गादपि गरियसी !! ‘मातृ देवो भव’ भनेर हामीलाई हाम्रो सनातन धर्मले सिकाएको छ । ‘तिमी मलाई असल आमा देउ, म तिमीलाई राज्य दिन्छु’, नेपोलियन बोनापार्टको यही वाणी काफी छ आमाको महिमा बुझ्नको लागि । अध्यारो रात उज्यालो पार्ने आकाशमा जुन छ । स्वर्ग भन्दा पनि माथि आमाको ठाउँ हुन्छ ।। आज मातातीर्थ औसी, जसलाई चलनचल्तीमा आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभक्ति, आदर र सम्मान गरी मातातीर्थ औंसी मनाइने गरिन्छ आजको दिनमा lआमाले अनेक कष्ट व्यहोर्दै नौ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिंचन गर्छिन्; कठोर प्रसव पीडा झेलेर सन्तानलाई पृथ्वीमा पदार्पण …

Continue reading

Posted in General, Popular Articles.

नयाँ बर्ष २०७२ को हार्दिक मंगलमय शुभकामना !

happy-new-year-2072-wishes

नयाँ बर्ष २०७२ को शुभ उपलक्ष्यमा सुख, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् । नयाँ राम्रा कामको थालनी गरेर नयाँ बर्षको स्वागत गर्ने समय हो । सबै रिस, राग, बैरभाव आदि त्यागी नयाँ जोश जाँगरका तथा नयाँ खुशी  र उमंगका साथ नयाँ बर्षलाई स्वागत गरौँ | आराम कुशल होस् । उन्नती प्रगती होस् । शान्ति अमनचैन कायम रहोस् । हासोखुशी छाइरहोस् । हाम्रो देश नेपालमा नयाँ संविधान बनेर सम्पुर्ण नेपाली जनता वा नेपाली आम नागरिकले स्वतन्त्र जिउँन पाउँने हक अधिकार सुनिश्चित होस् । यस …

Continue reading

Posted in General, Popular Articles.

रामनवमी तथा चैतेदशैको शुभकामना

ram

रामनवमी तथा चैतेदशैको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । पितृभक्ति तथा मातृभक्तिको प्रतिकका रुपमा भगवान् रामचन्द्रप्रति भक्तिभाव व्यक्त गरिए जस्तै आदर्श छोराहरुको जन्म होस । सीताले नारीहरुलाई पतिव्रताको पाठ सिकाइ चरित्रवान् नारीको उदाहरण दिइन् । सीता जस्तै पतिव्रता र चरित्रवान् आदर्श नारीहरुको जन्म होस । आजको हाम्रो समाजमा रामजस्ता आदर्श पुरुष र सीताजस्ती आदर्श नारीको खाचो छ । तसर्थ यो संसार जतिसुकै भौतिकबादी भएतापनि धर्म (सत्यता) नछोडौ । ब्यक्तीभन्दा राष्ट्र ठुलो हो । रामनवमीको पावन अवसरमा हाम्रा देशमा सबै नेताहरुमा सद्बुधी आओस। हाम्रो देश नेपालले पनि रामजस्तै आदर्श राजनेता चाडै पाओस । जय …

Continue reading

Posted in General.

रामनवमी, चैतेदशै र यसको महत्व

shriram

– गोपाल भण्डारी  पृष्ठभूमि  काठमाडौं, चैत १४ – आज मुलुकभर भगवान् श्रीरामचन्द्रप्रति भक्तिभाव प्रकट गर्दै रामनवमी पर्व मनाइँदै छ । आज विहानैदेखि काठमाण्डौं उपत्यका लगायत देशभरका प्रमुख राम मन्दिरमा हिन्दु धर्मावलम्भीको विषेश घुइचो लाग्ने गर्दछ। असत्यमाथि सत्यको विजय गरेका श्रीरामको सम्झनामा आज रामका मन्दिरमा पूजापाठ गरिन्छ। काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर, काठमाण्डौंको पशुपतिनाथको पूर्वतर्फको मृगस्थलीमा रहेको राम मन्दिर तथा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ । रामनवमी र यसको महत्व रामनवमी हाम्रो राष्ट्रिय पर्व हो। त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ । राम नवमी हिन्दू धर्मावलम्बीहरुको एक पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन पर्दछ । रामनवमीका दिन …

Continue reading

Posted in General.

पूर्वी पहाडी बजारमा भएको आगलागी र यसको रोकथाम

fire taplajung

  –  गोपाल भण्डारी ताप्लेजुङ, चैत ९ – बेलुकी साढे ७ बजेदेखि सुरु भएको आगलागीले बजारको तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधादर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका छन्। तोक्मे डाँडामा भएको उक्त आगलागीबाट जिल्ला विकास समितिको भवनसहित ३५ घर जलेर नष्ट भएको हो । ताप्लेजुङमा एउटा पनि दमकल नभएको र पानीको समेत राम्रो ब्यवस्थापन नभएकाले थप समस्या भएको थियो ।जिल्लामा दमकल नभएकाले आगो नियन्त्रणमा लिन भ्याकु (एक्स्काभेटर) र डोजर लगाएर घरटहरा भत्काइएको छ। ठुला साधन नहुदा सानो स्काईभेटरले एउटै घर भत्काउन धेरै समय लागेको थियो । फुङलिङको स्थानीय पूर्वेली होटल (पुरानो झापा होटल) बाट आगलागी ग्याँस पड्किएपछि आगलागी शुरु भएको बताइएको छ । तीव्र वेगमा हावा …

Continue reading

Posted in General.

नयाँ बर्ष २०१५ को शुभकामना

images (2)

नयाँ बर्ष इस्वी सम्वत् २०१५ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । लेखौ संविधान । बनाऊ संविधान । चाहियो संविधान । नागरिक जागरुक हौ। नेतालाई पनि सचेत गरौ। समयमा नै नयाँ संविधान जारी गरौ । ब्यक्तीभन्दा राष्ट्र ठुलो हो । देशमा शान्ति कायम होस । नयाँ बर्षको शुभ उपलक्ष्यमा देशमा राजनीतिक स्थिरताको कामना गरौ । सबै नेताहरुमा सदबुधी आओस । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः। सर्वे भद्राणि पश्यन्तु मा कश्चित दुःखभाग्भवेत्।। – गोपाल भण्डारी (प्रधान-सम्पादक) साईन्स इन्फोटेक पत्रीका (सचीब) बौद्धिक स्रोत परिचालन केन्द् नेपाल http://gopalbhandari.com.np https://www.facebook.com/pages/Gopal-Bhandari/528413237302899 –

Posted in General.

शुभकामना मन्तब्यहरु

1VP

“नेपालको संविधानसभा २०७० र यसका सदस्यहरु” नामक पुस्तकको प्रकाशन हुन लगेकोमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय संविधानसभा अध्यक्षज्यू, नेकपा(एमाले) अध्यक्षज्यू, एनेकपा (माओवादी) अध्यक्षज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल अध्यक्षज्यू, नेपाली कांग्रेस उपसभापतिज्यू, म.ज.फो नेपाल (लोकतान्त्रिक) अध्यक्षज्यू, प्रमुख निर्वाचन आयुक्तज्यू दिनु भएका  शुभकामना मन्तब्यहरु    

Posted in General.

आभार तथा कृतज्ञता

10481967_10203600209837319_7898302454070101362_n (1)

“नेपालको संविधानसभा २०७० र यसका सदस्यहरु” नामक पुस्तक प्रकाशनको शुभकामना सन्देश लेखिदिनु हुने विशेष रूपमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय संविधानसभा अध्यक्षज्यू, नेकपा(एमाले) अध्यक्षज्यू, एनेकपा (माओवादी) अध्यक्षज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल अध्यक्षज्यू, नेपाली कांग्रेस उपसभापतिज्यू, म.ज.फो नेपाल (लोकतान्त्रिक) अध्यक्षज्यू, प्रमुख निर्वाचन आयुक्तज्यूप्रति आभार तथा कृतज्ञता व्यक्त गर्दछौं ।

Posted in General.

हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली !!

10453452_10204619677243367_8765341377778537521_n

अनित्य मानिसको चोला भोली के होला छोडेर गयौ स्मरण सधै सधै  होला !! जीबन एउटा यात्रा हो । यो यात्रा हामीले पूरा गर्ने पर्छ । मूत्यु एक केंद्र बिन्दु हो । त्यहासम्म हामी पुग्नै पर्छ ।    हाम्रा मावलीका हजुरबुवा जित बहादुर भट्टराईको ७५ बर्षको उमेरमा २०७१ साल मङ्सिर ७ गते आइतबार  (२०७१/८/७) राती ७.३० बजे असामयिक निधन  भएको छ । उहाको असामयिक निधनको खबरले  हाम्रो सम्पूर्ण परिवार स्तब्ध भएको  छ | उहाको निधनमा गहिरो दुःख व्यक्त गर्नुका साथै आत्माको चिर शान्तिको कामना गर्दै उहाँप्रति हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली  व्यक्त गर्दछु । साथै यो दुखदको घडीमा शोक सन्तप्त सम्पूर्ण आफन्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति  भगवानले  प्रदान गरुन भनी कामना गर्दछु …

Continue reading

Posted in General. Tagged with , , , , .

Intellectual

img5

– Gopal Bhandari Intellectual An intellectual is a person who uses thought and reason, intelligence and critical or analytical reasoning, in either a professional or a personal capacity. In other word, an intellectual is a person who engages in critical study, thought, and reflection about the reality of society, proposes solutions for the normative problems of society, and by such discourse in the public sphere gains authority from public opinion. The term “intellectual” can denote three types of people. 1. a person involved in, and with, abstract, erudite ideas and theories; 2. a person whose profession (e.g., philosophy, literary criticism, mythology, sociology, eastern philosophy, medicine, science, etc.) solely involves the …

Continue reading

Posted in General. Tagged with , , , .

ग्रहण (Eclipse)

ग्रहण ग्रहण एक खगोलिय अवस्था हो जहाँ ग्रह वा उपग्रह वा सूर्य वा अन्य खगोलिय पिण्ड पृथवीको बीचमा आउँदा प्रकाश केही समयको लगि छेकिन्छ |पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्य ग्रहणको स्थिति सिर्जना हुन्छ। प्रत्येक औंसी र पूणिर्मामा ग्रहण नलाग्नुको कारण के हो ? प्रत्येक औंसी र पूणिर्मामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै …

Continue reading

Posted in General. Tagged with , , , , , , , , .

आगामी निर्वाचनमा कस्ता दल वा ब्यक्तिलाई मत नदिने

960014_700244420003026_1648857015_n

  कुनै पनि निर्वाचनमा कुन दल वा ब्यक्तिलाई मत दिने भन्ने कुरा प्रत्येक ब्यक्तिको ब्यक्तिगत स्वतन्त्रताको कुरा हो । त्यसैले यहाँ यसैलाईनै मत दिनुपर्छ भन्न मिलेन । यसो भन्नु कुनैपनि ब्यक्तिको ब्यक्तिगत स्वतन्त्रताको हक बिरूद्ध हुन जान्छ तर गलत ब्यक्तिलाई मत दिएर निर्वाचित गराउँदाको परिणाम के हुदो रहेछ भन्ने कुरा हामीले थाहा पाईसकेका छौं । हामीले विगतमा सहि ब्यक्ति चुन्न नसकेकै कारण एक जुगमा एक पटक हुने भन्ने गरिएको संविधानसभाको निर्वाचन समेत नेपालमा दोस्रो पटक हुन गईरहेको छ । हामीले ६,६ बर्षको समय विना कुनै उपलब्धि बर्वाद गरिसक्यौं । यसको प्रमुख दोषी हामी मतदातानै हौं । हामी सचेत नहुदा हुन गएको क्षतिको दोष अरूलाई दिएर हामी उम्कन सक्तैनौ । आगामी …

Continue reading

Posted in General. Tagged with , , , , , .

विश्वका महानायक शताब्दी पुरुष नेल्सन मण्डेला (Nelson Mandela)

1458579_744483358912465_2146421225_n

विश्वका महानायक शताब्दी पुरुष मण्डेला अस्ताए ! दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति, रङ्गभेद विरोधी संघर्षका महानायक तथा न्याय र शान्तिप्रेमी विश्व मानव समुदायका प्रेरणास्रोत नेल्सन मण्डेलाको ५ डिसम्वर २०१३ का दिन भएको निधनले विश्वलाई स्तब्ध भएको बनाएको छ। नेल्सन मण्डेला सम्भवत विश्वभर श्रद्धा र सम्मानका साथ लिइने निर्विवाद नाम हो । अश्वेत जातिको मुक्तिको सन्दर्भमा मात्र नभई उनको नाम असल राजनेताकोरुपमा पनि उत्तिकै सम्मानित छ । दक्षिण अफ्रिकाका कथित गोराहरुबाट भोगेको अपमानविरुद्ध विद्रोहको आवाज उठाउदा भारतका मोहनदास करमचन्द गान्धी महात्मा गान्धी बनेर विश्वभर ख्याति कमाए भने तिनै दक्षिण अफ्रिकी गोराहरुबाट थिचिएका कालाहरुका लागि संघर्षको नेतृत्व गर्दा नेल्सन मण्डेला अफ्रिकी कालाहरुकालागि मात्र नभई विश्वभरका न्यायप्रेमी नागरिकहरुका लागि महान राजनेता बनेर स्थापित …

Continue reading

Posted in General. Tagged with , , .

आमाको मुख हेर्ने दिन / मातातिर्थ औसी/ मातृ दिवस (Mother’ Day)

10250066_823945320966268_819216624557028773_n

‘मातृ दिवस’ ‘आमाको मुख हेर्ने दिन'(मातातिर्थ औसी ) जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी !! ‘मातृ देवो भव’ भनेर हामीलाई हाम्रो सनातन धर्मले सिकाएको छ । ‘तिमी मलाई असल आमा देउ, म तिमीलाई राज्य दिन्छु’, नेपोलियन बोनापार्टको यही वाणी काफी छ आमाको महिमा बुझ्नको लागि । अन्ध्यारो रात उज्यालो पार्ने आकाशमा जुन छ l स्वोर्ग भन्दा पनि माथि आमाको ठाउँ हुन्छ । । आज मातातीर्थ औसी, जसलाई चलनचल्तीमा आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभक्ति, आदर र सम्मान गरी मातातीर्थ औंसी मनाइने गरिन्छ आजको दिनमा lआमाले अनेक कष्ट व्यहोर्दै नौ महीना गर्भमा राखेर शिशुलाई अन्न, जल र श्वाससँगै ममता, स्नेह र संस्कारले सिंचन गर्छिन्; कठोर प्रसव पीडा झेलेर सन्तानलाई …

Continue reading

Posted in General. Tagged with , , , .

गुरुपुर्णिमा (Teachers’ Day) को शुभकामना !

10325613_10203675357835972_1247094631222329195_n-261x300

पृष्ठभूमि : गुरु ब्रह्मा गुरुर्विष्णु: गुरुदेव महेश्वर:। गुरु साक्षात्परब्रह्म तस्मैश्री गुरुवे नम:॥ गुरु नै ब्रम्हा गुरु नै बिष्णु गुरु नै देबताका देब शिव हुन । यस्ता परम ब्राम्हण गुरु लाइ प्रणाम । ‘ग’को अर्थ हो- अन्धकार एवं ‘रु’को अर्थ हो- प्रकाश। अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। गुरु पूर्णिमाका अवसरमा विद्या, विनय र शिष्टता प्रदान गरी जीवनलाई कर्तव्य र जिम्मेवारी बोध गराई उज्जवल भविष्यको मार्गदर्शन गराउने गुरुलाई सम्मान प्रकट गरिन्छ । आज गुरुपुणिमा देशभर गुरुहरुको पूजा तथा सम्मान गरी मनाइँदैछ । हरेक वर्ष असार शुक्ल पुणिमाको दिनलाई ज्ञानका प्रतिमूति गुरुहरुलाई पूजा गर्ने प्रचलन रहेको छ । आजको दिन गुरुका रुपमा ज्ञानको पूजा गरिन्छ, गूरुले अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी अफ्ना शिष्यलाई …

Continue reading

Posted in General. Tagged with , .

ग्यालिलियो ग्यालिली (Galileo Galilei)

1
Posted in General. Tagged with , , , , , .

अल्फ्रेड बनहार्ड नोबेल (Alfred Bernhard Nobel)

a
Posted in General. Tagged with , , , , , , .

गुग्लिल्मो मार्कोनी

11
Posted in General, Information, Science. Tagged with , , .

विजया दशमी २०७१ को हार्दिक मंगलमय शुभकामना !

1

विजया दशमी २०७१ को शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सुस्वास्थ्य, दीर्घायु सफलता एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । – गोपाल भण्डारी http://gopalbhandari.com.np https://www.facebook.com/pages/Gopal-Bhandari/528413237302899 https://twitter.com/gb_physicist

Posted in General. Tagged with , , , .

ताप्लेजुङ जिल्ला

10342499_10203299257513699_2307252616599752809_n

ताप्लेजुङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चलको उत्तरमा अवस्थित एक रमणीय हिमाली जिल्ला हो। विश्वको तेस्रो अग्लो चूचूरो आफूमा समाबेश गरेको यस जिल्ला मेची अञ्चलको सब भन्दा ठूलो जिल्ला पनि हो। ताप्लेजुङ्ग जिल्लाको अर्को सम्पति भनेको पाथीभरा देवीको मन्दिर पनि हो। जहाँ हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन्। झापा जिल्लाको बिर्तामोड देखि २३४.११ किलोमिटरको सडकले इलाम र पाँचथरको सदरमुकाम हुँदै यस जिल्लाको सदरमुकाम फुङ्लिङ बजारलाई जोडेको छ। नेपालको सुदुर उत्तर-पूर्वमा अवस्थित तेस्रो ठूलो जिल्ला ताप्लेजुङ करीब ३,६४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको छ। हिमाली र पहाडी भूबनोटसँगै उत्तर-दक्षीण फैलीएर रहेको यो जिल्ला ७७७ मिटर देखि ८,५९८ मिटरसम्मको उचाइमा रहेको छ। सन् २००१मा गरिएको जनगणना अनुसार …

Continue reading

Posted in General. Tagged with , , .

शहीद दिवस

1557665_10202485431888567_1505463825_n

माघ १६ “शहीद दिवस” भुपि शेरचनले भनेका थिए कि ” हुँदैन बिहान् मिर्मिरेमा तारा झरेर नगये, बन्दैन मुलुक दुई चार सपूत मरेर नगये” । राष्ट्रको समुन्नति, राष्ट्रिय अखण्डताको रक्षा र एकता सपुतहरूको त्याग र बलिदानीवेगर सम्भव हुँदैन । तर आमजनताले भने शहीद भनेका १०४ वर्षे जहानियाँ राणा शासनका बिरुद्ध विद्रोहको बिगुल फुक्ने र आफ्नो जीवन हाँसीहाँसी उत्सर्ग गर्ने चारजना शहीदहरूलाई सम्झन्छन् :गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराज शास्त्री । शहीदहरूको बलिदानकै कारण मुलुकबाट १०४ वर्षे जहानियाँ शासनको अन्त्य सम्भव भयो । उनीहरूको स्मरण र उनीहरूमा रहेको राजनीतिक–क्रान्तिकारी सोचलाई व्यवहारमा उतार्ने प्रयास गर्ने हो भने मात्र शहीदहरूको सम्मान हुनेछ ।आज मुलुकमा जेजस्तो राजनीतिक परिवर्तन भएको छ त्यसको श्रेय शहीदहरूलाई नै जान्छ …

Continue reading

Posted in General. Tagged with , , , , , .

कुल खन्दान्, धन-सम्पत्ति, राजनीति भनेको तीन पुस्तासम्म यदि धर्म, कर्म्,नैतिकता, छ भने मात्र

10322800_10203243800207301_5560084912476367951_n

दक्षिण एसियाको राजनीति प्राय वंश र परिवारवादकै वरिपरि हुने गर्दथियो बिगतमा । तर कुल खन्दान्, धन-सम्पत्ति, राजनीति भनेको तीन पुस्ता सम्म मात्र टिक्डो रहेछ यदि धर्म, कर्म्,नैतिकता, छ भने मात्र । नत्र भने एक पुस्तामा नै अन्तय हुन्छ। धर्म त्यो हो जसले हामीलाई सबै प्रकारका विनाश र अधोगतिबाट बचाएर उन्नति-प्रगतितर्फ अग्रसर गराउँछ । धर्मले व्यक्तिलाई आपत-विपतमा धैर्य धारण गरि कार्य गर्ने, साहसपुर्वक संकटको मुकावला गर्ने, असल काम गर्ने प्रेरणा प्रदान गरी सहयोग गर्दछ । पवित्रता, स्वच्छता र शुद्धता नै धर्म हो । पाप र पुण्यको विश्लेषण गरेर नराम्रो कार्य नगर्न सचेत गर्दछ । यसले कुबाटोमा लाग्न निषेध गर्दछ । अतः धर्मले सचेतना प्रदान गर्ने ठूलो कार्य गरिरहेको हुन्छ । जे …

Continue reading

Posted in General. Tagged with , , , , , , , , , .

ताप्लेजुङ, कन्चनजङ्घा, पाथीभरा र अलैची

gop-page-001

बिश्वकै तेस्रो अग्लो हिमाल कन्चनजङ्घा (८,५९८ मी.) र पाथीभरा देवीको मन्दिर ताप्लेजुङ जिल्लामा पर्दछ । जहाँ हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन्। धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्छ। तर पाथीभरा धाममा गर्भवति, नछुने भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ भन्ने जनधारणा रहिआएको छ। ताप्लेजुङलाई ‘खोल्सीको सुन’ र कतै ‘कालो सुन’को जिल्ला पनि भनिन्छ । नेपालमा सबभन्दा बढी अलैची उत्पादन ताप्लेजुङ  नै हुन्छ । एक मन(४० किलो) अलैचीको मुल्य लगभग एक लाख भएको खबर छ। अलैची खेती अर्थतन्त्रको दरिलो आधार सिद्ध भएको …

Continue reading

Posted in General. Tagged with , , , .

Virtual Reality of 21st Century

images (1)

From my analysis, almost people have tendency to make own rusted iron to 24 carat gold and others 24 carat gold to rusted iron. This is the era of exposing virtual reality which is just momentous. 99% man are always searching the shadow for growing powerful person by neglecting own natural power. The whole society is run by such a wrong ideaology.Due to the scarcity of realistic ideal creative people,the whole world is going to be worst day by day.

Posted in General. Tagged with , .

कुशे औशी

10625074_10203976216277245_8146816570349868293_n

पृष्ठभूमी : “पितृ दिवस”(बुवाको मुख हेर्ने दिन) हे ! पिता तिमी भन्दा ठूलो को छ जगतमा, सिवाय माता एक, मेरो धर्ती पदार्पणमा तिम्रै इच्छा र चाहना, अनि तिम्रै रेखदेख !! वावुप्रति माया प्रेम दर्शाउनका लागि विशेष दिन, सिजन, अवसर चाहिन्न र पैसा पनि पर्दैन । आजको दिन मात्र प्रकट हुने बाबुप्रतिको सम्मान अधिकांश नक्कली हो जस्तो लाग्दैछ । सदैव अभिभावकवाट माया र संरक्षकत्व पाइरहनु भाग्यको कुरा हो । बाबु सन्तानको सफलता र खुशीको लागि जीवनमा सारा कुरा हार स्विकार गरी दिने मान्छे नै बाबु हो । तिम्रो भोको पेटको चिन्ता लिने मान्छे, सन्तानको खुशीमा सारा दुःखहरु विर्सने मान्छे, जिवन भर छोराछोरीको भविष्यको चिन्तामा जिवन विताउने मान्छे बाबु । दुनियाँका कुनै …

Continue reading

Posted in General. Tagged with , , , , , , , , , , , .

Intellectual

mentalhealth-988x1024

-Gopal Bhandari The term “intellectual” can denote three types of people. An intellectual is a person who uses thought and reason, intelligence and critical or analytical reasoning, in either a professional or a personal capacity and is: 1. a person involved in, and with, abstract, erudite ideas and theories; 2. a person whose profession (e.g., philosophy, literary criticism, mythology, sociology, eastern philosophy, medicine, science, etc.) solely involves the production and dissemination of ideas; 3. a person of notable cultural and artistic expertise whose knowledge grants him or her intellectual authority in public discourse. Examples : Europe and the Americas : Socrates, Aristotle, Plato, Copernicus, Kepler Galileo, Isaac Newton, Albert Einstein, …

Continue reading

Posted in General, Information, Politics. Tagged with , .

Incredible Image of Future

536858_10201440583088000_594002736_n

Incredible Image of Future (My first Historical Article in Science & Future 10 year ago)

Posted in General, Information, Politics, Science, Technology. Tagged with , .

सापेक्षताबादको सिद्धान्त

1230031_10201440580807943_535855977_n

सापेक्षताबादको सिद्धान्त

Posted in General. Tagged with , , , , , , .

गुरु पुर्णिमा

10325613_10203675357835972_1247094631222329195_n

गुरु ब्रह्मा गुरुर्विष्णु: गुरुदेव महेश्वर:।

गुरु साक्षात्परब्रह्म तस्मैश्री गुरुवे नम:॥

गुरु नै ब्रम्हा गुरु नै बिष्णु गुरु नै देबताका देब शिव हुन । यस्ता परम ब्राम्हण गुरु लाइ प्रणाम ।

‘ग’को अर्थ हो- अन्धकार एवं ‘रु’को अर्थ हो- प्रकाश। अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। गुरु पूर्णिमाका अवसरमा विद्या, विनय र शिष्टता प्रदान गरी जीवनलाई कर्तव्य र जिम्मेवारी बोध गराई उज्जवल भविष्यको मार्गदर्शन गराउने गुरुलाई सम्मान प्रकट गरिन्छ ।

Continue reading

Posted in General.
error: Content is protected !!