नयाँ बर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना !

नयाँ बर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना !

 

गोपाल भण्डारी

गोपाल भण्डारी

 नयाँ वर्ष २०७४ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् । नयाँ राम्रा कामको थालनी गरेर नयाँ बर्षको स्वागत गर्ने समय हो । सबै रिस, राग, बैरभाव आदि त्यागी नयाँ जोश जाँगरका तथा नयाँ खुशी  र उमंगका साथ नयाँ बर्षलाई स्वागत गरौँ | आराम कुशल होस् । उन्नती प्रगती होस् । शान्ति अमनचैन कायम रहोस् । हासोखुशी छाइरहोस् ।

 नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्न हिमाल, पहाडदेखि तराईसम्मका सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यान्यन गर्न सबै राजनीतिक दलहरु पार्टीगत स्वार्थभन्दा माथि उठेर देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७४ ले हामी सबैलाई प्रेरणा मिलोस । २०७४ साल वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सवै नेपालीको सक्रिय सहभागिता होस् ।

 सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः। सर्वे भद्राणि पश्यन्तु मा कश्चित दुःखभाग्भवेत्।।

नमस्कार  !

गोपाल भण्डारी
(प्रधान-सम्पादक)
साईन्स इन्फोटेक 

Website :

http://gopalbhandari.com.np

Facebook Page :

https://www.facebook.com/pages/Gopal-Bhandari/528413237302899

 Twiter :

https://twitter.com/gb_physicist

Linkedin :

https://www.linkedin.com/in/gopalbhandari

Google Plus

https://plus.google.com/u/0/102020675670645672653

(Visited 39 times, 1 visits today)

Gopal Bhandari

Editor-in-Chief, Writer/Author, Researcher
Posted in Information.
error: Content is protected !!