शुभ दीपावली २०७३ को हार्दिक मंगलमय शुभकामना !

Happy Tihar

शुभ दीपावली २०७३ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण  नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म गरी जम्मा पाँच दिनसम्म मनाइने पर्व हो।  तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरु छन्:

सुर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दूशास्त्रमा  उल्लेख गरिएको छ । यसरी रहँदा-बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग” भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी-भाइ दाजु-बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्” भन्ने वरदान मागिन्। यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन कालदेखि अहिलेसम्म अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा छ ।

हिन्दूहरू गाईलाई लक्ष्मीका रूप मान्छन् । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ ।

नयाँ संविधानले नेपाल र नेपालीको हितमा काम गर्न सकोस् ।  संविधानको सफल कार्यान्वयन होस्  । तिहारलाई जाँडरक्सी सेवन गर्ने र जुवाडेको पर्व नबनाऔं । संस्कृतिलाई विकृतितर्फ जान रोकौ ।  चार्डपर्वलाई नेपाली मौलिक संस्कृतिको अभिन्न अगको रूपमा विकास गरौं।

गोपाल भण्डारी
(प्रधानसम्पादक)
साईन्स इन्फोटेक
Website : http://gopalbhandari.com.np
Facebook Page : https://www.facebook.com/pages/Gopal-Bhandari/528413237302899
Facebook Group : https://www.facebook.com/groups/bgopal2025gpw
Twitter : https://twitter.com/gb_physicist
Linkedin : https://www.linkedin.com/in/gopalbhandari

(Visited 76 times, 1 visits today)

Gopal Bhandari

Editor-in-Chief, Writer/Author, Researcher
Posted in General.
error: Content is protected !!